
काठमाण्डौ २० पुष ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
आजै दिउँसो रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।त्यसपछि पुन: बसेको बैठकले बालेनसहितलाई केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनीत गरेको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको थियो ।
