२० पुस ।
रोल्पामा विद्यार्थी बोकेको जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका–१ गामखोला क्षेत्रमा गएराती १० बजेको समयमा विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

- अन्तर्राष्ट्रिय
- अन्य
- आर्थिक
- खेलकुद
- मनोरञ्जन
- मुख्य समाचार
- मौशम
- राजनीति
- सबै
- समाज
- स्थानीय समाचार
- स्वास्थ्य
दुर्घटनामा घाइते भएका ११ जनालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको थियो ।घाइतेमध्य सुनछहरी गाउँपालिका–४ निवासी १२ बर्षीय सुनिल बिक र १२ बर्षकै दिपा पुनको उपचारकै क्रममा गएराती साढे १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा अन्य घाइते हुनेहरूमा सुनछहरी गाउँपालिका–४ सिउरीका १५ बर्षीय हिमाल बिक, सोही ठाउँ निवासी १२ बर्षीय अमृता पुन, १४ बर्षीय जमुना बिक, २४ बर्षीया अस्मिता बिक, १५ बर्षीया पवित्रा पुन, १६ बर्षीय शनि बिक, १२ बर्षीया बिपना घर्तीमगर, १५ बर्षीय किसन घर्तीमगर र १५ बर्षकै हस्तिरा बिक रहेका छन् । सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ । थप उपचार आवश्यक परेपछि घाइतेहरूलाई गएराति सवा १ बजेको समयमा लुम्बिनी सिटी अस्पताल बुटवल, रुपन्देही रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप गएराती १० बजेको समयमा आफैं अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको हो । जिप चालक २५ वर्षीय मनसुर घर्तीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान प्रहरीले जनाएको छ ।।
