तुलसीपुर,पुस २०


तुलसीपुर उधोग बाणिज्य संघले बिपद ब्यबस्थापनमा सहकार्य गर्न अभियान अघि बढाएको छ । करिव एक महिना अघि मात्रै लुम्बिनि प्रदेश प्रहरि कार्यालयको समन्वयमा ब्यबसायिहरुलाई एकदिने बिपद ब्यबस्थापन सम्बन्धि तालिम प्रदान गरेको बाणिज्य संघले यस पटक एक थान व्हील चेयर प्रदान गरेको छ ।
आईतबार तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष बिनिल केसिले बिपद ब्यबस्थापनमा सहकार्य गर्न लुम्बिनि प्रदेश प्रहरि कार्यालयका प्रतिनिधिहरुलाई एक थान व्हील चेयर हस्तान्त्रण गर्नु भएको हो । सो अबसरमा बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल,बिरु रावत,उपाध्यक्ष देवबहादुर केसि,सदस्य तिर्थबहादुर डाँगि लगायतको सहभागिता रहेको थियो ।

तुलसीपुर सिटि हस्पिटल प्रालिको सहकार्यमा ब्यबसायिक छाता संगठनका रुपमा रहेको तुलसीपुर उधोग बाणिज्य संघ,रोटरि क्लब अफ तुलसीपुर सिटिले पश्चिम दाङमा मात्रै ४० थान व्हील चेयर निशुल्क रुपमा बितरण गरिसकेको छ । अति आबश्यक रहेका अशक्त ब्यक्तिहरुका लागि यस बर्ष पनि करिब पचास बढि व्हील चेयरहरु बितरण गरिने उधोग बाणिज्य संघका अध्यक्ष बिनिल केसिले जानकारी दिनु भयो ।
