चोरीको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुर उपमहानगरपालिका – ६ गोलौराका २४ बर्षीय दुर्गाबहादुर केसी पक्राउ परेका छन् ।
प्रहरीले मंगलबार बिहान घर खान तलासीका क्रममा ६४ लाख ८१ हजार रकम बरामद भएपछि दुर्गाबहादुरलाई नियन्त्रणमा लिएको थियो । काठमाडौं विशाल नगरस्थित डिएसहोम फाइबर नेटको मालिकको घरबाट चोरी ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
पेशाले पलम्बर दुर्गाबहादुर सोही रोजगारीका लागि काठमाडौंमा बस्दै आएका थिए । तर, उनले डिसहोम नेटका साहुको घरबाट त्यो रकम चोरी गर्दै गरेको तथ्य सिसी टिभी पूmटेजमा फेला परेपछि काठमाडौं बाट प्राप्त गोप्य सूचनाका आधारमा बिहानै प्रहरी दुर्गाबहादुरको घर खान तलासी गर्न पुगेको थियो ।
गोप्य सूचनाको आधारमा रातभर प्रहरीले दुर्गाबहादुरको घर पहिचान गरि बसेको थियो । बिहान हुनासाथ प्रहरीले घर तलासी लिने क्रममा ६६ लाख ८१ हजार रकम फेला परेको डिएसपी पराजुलीले बताए । आरोपी दुर्गाबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर इप्रकाको हिरासतमा राखेको छ । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जाानकारी दिएको छ ।

