
काठमाण्डाै २५ पुष – २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । अखिल नेपाल फुटल सङ्घ (एन्फा) ले आज श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यस्तै एन्फाले २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा जीतबहादुर पुन र मङ्गल महर्जन तथा गोलकिपर प्रशिक्षकमा गङ्गाराम देउजालाई नियुक्त गरेको छ । एन्फा महासचिव किरण राईले आज तीनै जनालाई नियुक्ति पत्र प्रदान गर्नुभयो ।
नेपाली युवा टोलीले आउँदो मार्च २२ देखि अप्रिल ३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने २० वर्षमुनिको साफ च्याम्पियनशिपमा सहभागिता जनाउनेछ ।
