ब्राजिलियन टोली फ्लेमेन्गोलाई हराउँदै जर्मन क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ ।कतारको अहमद बिन अली स्टेडियममा भएको खेलमा पीएसजीले फ्लेमेन्गोलाई पेनाल्टी शुटआउटमा २–१ गोलले हरायो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
पेनाल्टी शुटआउटमा पीएसजीका गोलकिपर माट्वेई सफोनोभले चार वटा पेनाल्टी प्रहार रोके । योसँगै पीएसजीले यस वर्ष छैटौं प्रमुख उपाधि जितेको छ । पीएसजीले यसअघि घरेलु लिग, कूप डे फ्रान्स, ट्रफी डेस च्याम्पियन, यूईएफए च्याम्पियन्स लिग, यूईएफए सुपर कप जितेको थियो ।
