आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । यी चार वटा प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आज मौसम आंशिक बदली छ ।


l;dsf]6, !* df3 M x’Dnf a’waf/ /flt ePsf] lxdkft . t];|f]k6s lxdkft x’Fbf ls;fg v’;L ePsf 5g . tl:a/ M bfg] af]x/f÷/f;;
तराई क्षेत्रमा धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ । तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो । केही पालिकाले दाउरा र कम्बल वितरण गरे पनि राहत पर्याप्त नभएको गुनासो छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना साथै तराईमा हुस्सु/कुहिरो हुँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।
