
राष्ट्रिय सभा निर्वाचनकालागि लुम्बिनीमा एमाले कांग्रेस गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् ।
तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली काँग्रेसले दाङका बासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी , एमालेबाट गुल्मीकी रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।

जंगली अपाङग कोटाबाट, झाँक्री महिला र केसीले खुल्ला कोटाबाट उम्मेदवार बनेका हुन् । उनीहरुले आज९मंगलबार० साढे २ बजेतिर दाङको घोराही स्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हन् ।
